Skip This
देवचुलीमा देउसत नहरले बगाउँदा ६७ वर्षीय पुलामीको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
२o८३ असोज ११ आइतबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवचुलीमा देउसत नहरले बगाउँदा ६७ वर्षीय पुलामीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १३:४७:oo

नवलपुर जिल्लाको देवचुली नगरपालिका– १२, जनबस्तीनिवासी ६७ वर्षीय दिलबहादुर पुलामी देउसत नहरमा मृत भेटिएका छन्।

नवलपुर प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका पुलामी आइतबार बिहान नहरमा मृत भेटिएका हुन्।

आइतबार देवचुली– ११, बुद्धटोलको सिरानमा रहेको देउसत नहर सफा गर्ने क्रममा स्थानीयले उनको शव फेला पारेका हुन्।

नहरबाट शव निकालेर आवश्यक प्रक्रिया अघि बढाइएको नवलपुर प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

↑