मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ३० मंगलबार
  • Wednesday, 16 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ३० मंगलबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट दैनिक १६० बुलेटमा ग्यास ल्याएर आपूर्ति सहज गर्दै छौँ : उद्योगमन्त्री साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ३० मंगलबार १८:o८:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतबाट दैनिक १६० वटा बुलेटमा ग्यास ल्याएर चाँडै आपूर्ति सहज गर्ने बताएका छन्।

मंगलबार दिउँसो सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै मन्त्री साहले जतिसक्दो छिटो आपूर्ति सहज गराई डिलरअगाडि खाली सिलिन्डर राखेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए।

‘भारतबाट नियमित रूपमा अबको केही दिन १६० बुलेटका दरले ग्यास ल्याउन व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘उक्त ग्यास बजार पठाएपछि छिट्टै आपूर्ति सहज हुने अपेक्षा छ।’

पूर्वमन्त्री गौरीकुमारी यादव ग्यास आपूर्ति सहज गर्न नसक्दा आलोचित भएर राजीनामा दिन बाध्य भएकी थिइन्। त्यसैले, गौरीकुमारीको राजीनामालगत्तै नियुक्त भएका साहले ग्यास आपूर्ति सहज बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको जनाएका छन्।

कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएयता तराईका उद्योगमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं ल्याउने गरिएको छ। तर, ट्रकमार्फत ढुवानी गर्दा मागअनुसार ल्याउन नसकिएको उद्योगीले बताएका छन्।