मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ३० मंगलबार
  • Wednesday, 16 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ ३० मंगलबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोट–रसुवा जोड्न फलाँखुमा बेलिब्रिज बनाइँदै, विदुर र धुन्चेको दूरी छोटिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ३० मंगलबार १५:१२:oo

भोटेकोशी बाढीका कारण रसुवा जिल्ला मुख्य सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत र सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न सरकारले वैकल्पिक मार्ग निर्माण कार्य अघि बढाएको छ।

पूर्वाधार विकास मन्त्रालयले रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा नुवाकोट र रसुवाको सीमास्थित फलाँखुमा बेलिब्रिज जोड्ने तयारी अघि बढाएको हो।

मन्त्रालयले नुवाकोटको सूर्यगढी गाउँपालिका– २, तल्लो कुवापानीस्थित बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका– ५ बहा खोलासम्म ७५ मिटर लामो बेलिब्रिज जोड्ने प्रक्रिया अघि बढाएको हो।

सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक निर्देशन र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट–रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग तयार हुनेछ। यसबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ।