मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ३० मंगलबार
  • Wednesday, 16 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ ३० मंगलबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासी पूर्वमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ ३० मंगलबार १३:४o:oo

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका– ३, चिसापानीमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार चिसापानीनिवासी अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। गम्भीर चोट लागेकी उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा संलग्न शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।