नेपालमा भियतनामबाट गाँजा तस्करी, म्यानमारकी युवती पक्राउ

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

नेपालमा भियतनामबाट पनि गाँजा तस्करी हुन थालेको छ। तीन केजी तस्करीको गाँजासहित प्रहरीले म्यानमारकी युवतीलाई पक्राउ गरेको छ। 

लागुऔषध अनुसन्धान ब्यूरोले २९ वर्षीय जिन जिन फाओलाई सोह्रखुट्टेस्थित एक होटेलबाट पक्राउ गरेको हो। उनले सुटकेसभित्र तीन केजी गाँजा लुकाएर भियतनामबाट हङकङ हुँदै आइतबार नेपाल आएकी थिइन्। सो गाँजा लिन भारतबाट आएका २५ वर्षीय युसिफ खान र ३० वर्षीय बारकतुली अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

म्यानरकी ती युवती सिंगापुरमा बसेर ज्यामी काम गर्दै आएकी थिइन्। उनी आर्थिक प्रभावमा परी सिंगापुरबाट भियतनाम गएर गाँजा बोकेर आएकी हुन्। सो गाँजाको अवैध मूल्य भारतमा एक करोड २० लाख रहेको ब्युरोले जनाएको छ। 

भारतीयहरूले थाइल्यान्डबाट नेपाल हुँदै ठुलो मात्रामा भारतमा गाँजा तस्करी गर्दै आएका छन्। थाइल्यान्डबाट आउनेहरू पक्राउ पर्न थालेपछि सोही समूहले भियतनामको रुट पनि प्रयोग गर्न थालेको प्रहरी आशंका छ। 

सुझावित समाचार