‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज बनाउन रास्वपाद्वारा समिति गठन

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माण गर्न ११ सदस्यीय समिति गठन गरेको छ। भदौ ५ गतेको केन्द्रीय कमिटीको निर्णयबमोजिम महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन भएको रास्वपाले जनाएको  छ।

समितिको सदस्यहरूमा गणेश पराजुली, मनीष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनीष खनाल, सुशान्त वैदिक, गजला समिम मिकरानी, करिश्मा कठरिया र प्रमोद न्यौपाने छन्।

सुझावित समाचार