६० घन्टापछि लेदोमुनिबाट उद्धार गरिएकी मनीषाको धुन्चेमा उपचार हुँदै

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

बाढी गएको करिब ६० घन्टापछि रसुवाको टिमुरेबाट उद्धार गरिएकी ६ वर्षीया बालिका मनीषा मगरलाई हेलिकोप्टरबाट धुन्चे बजार लगिएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरीको टोलीले उनलाई टिमुेरबाट उद्धार गरेको थियो। 

लेदोमुनिबाट रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको हो। अचेत अवस्थामा उद्धार गरी उनलाई शुक्रबार बेलुका सशस्त्र प्रहरीकै बिओपीमा राखिएकोमा शनिबार मौसम खुलेपछि हेलिकोप्टरमार्फत धुन्चे ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए। 

शनिबार उनले आफ्नो नामसमेत बताएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको शरीरभरि चोटपटक छन्। 
भिडियोः 

सुझावित समाचार