१० गते रसुवा हुँदै बग्ने भोटेकोशीको विनाशकारी बाढीमा परेर हराएकाहरू खोज्दै आफन्तीजनहरू अस्पताल पुगेका छन् । हराएका मानिसहरू खोज्दै गएकाहरूको महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा अहिले भिड छ ।
2026-08-28-07-51-45.jpeg)
बाढीमा परेर मृत्यु भएकाहरूको संख्या नै ठुलो छ । मृत्यु हुनेभन्दा हराइरहेकाहरूको संख्या अझ ठुलो छ । त्यसको संख्या नै यकिन हुन सकेको छैन । भोटेकोशी नदीआसपासको बजार, बस्ती र सडकबाट सयौँको संख्यामा मानिस हराएका छन् ।
2026-08-28-07-51-58.jpeg)
उनै हराएका मानिसहरू खोज्दै तिनका आफन्तीहरू काठमाडौंका अस्पताल पुगेका हुन् । त्यसमध्ये शिक्षण अस्पतालमा आउनेहरूको संख्या ठुलो छ । बाढीपछि सम्पर्कविहीन भएका र हराइरहेकाहरूको फोटो, ठेगाना बोकेर आफन्तीहरू अस्पतालमा पुगेका छन् ।
2026-08-28-07-52-09.jpeg)
हराएका र कुन अवस्था छ भन्नेसम्म यकिन नभएर आत्तिँदै आफन्तीजनहरू अस्पतालमा पुगेका हुन् । उद्धार गरेर ल्याइएकाहरू आफ्ना मानिस हुन सक्ने आसमा उनीहरू अस्पतालमा प्रतीक्षा गरिरहेका भेटिएका छन् । हराएका आफ्ना मान्छेको नाम उनीहरूले प्रहरी युनिटमा टिपाएका छन् । उनीहरूले आफन्तीका फोटो ल्याएर, ठेगानासहित पोस्टर भित्तामा टाँसेका छन् ।
2026-08-28-07-52-23.jpeg)
अस्पतालको प्रहरी युनिटबाट प्राप्त जानकारीअनुसार हालसम्म हराएकाको सूचीमा नाम टिपाएकाको संख्या करिब एक हजार पाँच सय छ । त्यस्तै, ४८ जना घाइते अस्पतालमा भर्ना भएका छन् । २६ वटा शवसमेत अस्पतालमा छन् ।
2026-08-28-07-52-39.jpeg)
2026-08-28-07-52-56.jpeg)
2026-08-28-07-53-18.jpeg)