मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ५ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ ५ शुक्रबार १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन बनाएर गाँजाखेतीलाई व्यवस्थित गर्न अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ ५ शुक्रबार १६:o७:oo

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै वाग्लेले विज्ञ अध्ययनका आधारमा कानुन बनाएर गाँजाखेतीलाई व्यवस्थित गर्न अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए। उनले औद्योगिक प्रवर्द्धन, रोजगारी र राजस्वका दृष्टिले समेत गाँजाको सम्भावना रहेको उल्लेख गरे।

गाँजा खेतीसम्बन्धी विषय गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले त्यससँग समन्वय गरी प्रक्रिया अघि बढाउने उनको भनाइ छ। आवश्यक कानुनी निष्कर्षपछि सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाउने उनले प्रतिबद्धता जनाए।

यसैबिच, आगामी आर्थिक वर्ष ०८३/८४ मा भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयअन्तर्गत ऐन, नियम र कार्यविधि निर्माणका लागि प्रारम्भिक रूपमा सात लाख रुपैयाँ विनियोजन गरिएको वाग्लेले जानकारी दिए। रकम अपुग भए आवश्यकताअनुसार थप बजेट उपलब्ध गराउने उनले बताए।