मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ५ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ ५ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ ५ शुक्रबार १४:४२:oo

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘नागरिक, नीति र नेतृत्व संवाद’ कार्यक्रममा सहभागीहरूले नोटबन्दीको सम्भावनाबारे प्रश्न गरेपछि मन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।

नोटबन्दी नगर्नुको कारणबारे राखिएको जिज्ञासामा वाग्लेले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त विकल्प नभएको बताए। उनका अनुसार नोटबन्दीको विषय छलफलका क्रममा उठे पनि सरकारले यसलाई नीतिगत विकल्पका रूपमा अघि बढाएको छैन।

वाग्लेले विभिन्न मुलुकमा नोटबन्दीको अभ्यास भए पनि त्यसबाट प्राप्त परिणाम उत्साहजनक नरहेको उल्लेख गरे। अन्तर्राष्ट्रिय अनुभवलाई समेत आधार बनाउँदा तत्काल नोटबन्दी गर्नु उपयुक्त नदेखिएको उनको भनाइ थियो।