पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वाेच्चको परमादेश

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वाेच्च अदालतले परमादेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामा राख्न नपर्ने फैसला गरेको हो। सर्वाेच्चले उनको घर तथा अफिसबाट बरामद कम्प्युटरलगायत सामान फिर्ता गर्न पनि आदेश दिएको छ। 

अदालतले अनुसन्धान भने रोक्न भनेको छैन। थुनाबाहिरै राखेर अनुसन्धान गर्न भनेको छ। श्रेष्ठ जनआस्था अनलाइनको सम्पादकीय नेतृत्वमा नभएको भन्दै थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नभएको सर्वाेच्चको ठहर छ। 

श्रेष्ठद्वारा प्रकाशित पत्रिकाले व्यक्तिगत गोपनीयताको हनन गरेको भन्दै गत बुधबार काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

सुझावित समाचार