मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २८ बिहीबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार

दीपक भट्टसँगको सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी गुप्ता जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २८ बिहीबार २o:३५:oo

बिचौलिया दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी रोहित गुप्ता जेल चलान भएका छन्। विशेष अदालतले उनलाई बिहीबार थुनामा पठाउने आदेश दिएको छ। 

उनी हिमालयन रि-इन्स्योरेन्सका पूर्वसञ्चालक हुन्। सो कम्पनीको रकम दुरुपयोग गरी दुई अर्ब ७३ करोडको अवैध रूपमा सेयर खरिद गरिएको र यसमा गुप्ताको पनि संलग्नता रहेको भन्दै विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। 

यसै मुद्दामा बिहीबार विशेष अदालतमा उपस्थित भएकी शुभेच्छा खरेलसँग भने १० लाख रुपैयाँ धरौटी माग भएको छ । 

यससम्बन्धी मुद्दामा बिचौलिया भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाललगायत थुनामा छन्। धेरै व्यक्ति अझै फरार छन्।