मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026
२o८३ श्रावण २८ बिहीबार १८:३४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री शाहले दिए पदबाट राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २८ बिहीबार १८:३४:oo

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका हुन्।

यसअघि सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिने घोषणा गरेका थिए। प्रदेश सभालाई सम्बोधनपछि राजीनामापत्र बुझाउन उनी सरकारका मन्त्रीहरूसहित सिधै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका हुन्।

सत्तासाझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएको गत ३१ असारबाट शाह अल्पमतको सरकार चलाइरहेका थिए। एक निलम्बितसहित हाल ५२ सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ। अल्पमतको सरकार चलाइरहेको कांग्रेसका १८ सांसद मात्र छन्। त्यसमा पनि कांग्रेस सांसद प्रकाश देउवा करिब ११ महिनादेखि अमेरिकामा छन्।

मुख्यमन्त्रीले राजीनामा बुझाएसँगै प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन्।