Skip This
बिवाइडी ‘एट्टो सिरिज’को न्यु जेनेरेसन सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २७ बुधबार १o:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडी ‘एट्टो सिरिज’को न्यु जेनेरेसन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार १o:२१:oo

साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्सले न्यु जेनेरेसनअन्तर्गत एट्टो–१, नयाँ एट्टो–२ र २०२६ एट्टो–३ मा प्रविधि, डिजाइन, आराम तथा सुविधामा उल्लेखनीय सुधार गरिएको जनाएको छ ।

न्यु जेनेरेसन अपडेटमार्फत बिवाइडीले विभिन्न सेग्मेन्टमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आफ्नो लोकप्रिय एट्टो सिरिजलाई थप प्रतिस्पर्धी बनाएको बताइएको छ । कम्पनीका अनुसार बिवाइडी एट्टो–१ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा प्रविधि तथा सुविधामा सुधार गरिएको छ । नयाँ एट्टो–१ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, एट्टो–२ एसेन्सियलमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुल चार्जमा डब्लुएलटिपीअनुसार तीन सय १२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । एट्टो–२ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र एट्टो–२ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बिवाइडी एट्टो–३ एड्भान्स्डको मूल्य भने ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।