Skip This
कोलम्बियामा भूकम्पमा हराएकाको खोजी तीव्र
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
बोगोटा
२o८३ श्रावण २७ बुधबार १o:o६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

कोलम्बियामा भूकम्पमा हराएकाको खोजी तीव्र

Read Time : < 1 मिनेट
बोगोटा
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार १o:o६:oo

कोलम्बियामा यस शताब्दीकै सबैभन्दा शक्तिशाली मानिएको भूकम्पमा परी २२४ जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन् । भूकम्पले मुख्य क्षति पुर्‍याएको देशको पश्चिमी भेगमा भत्किएका भवनका बिचबाट उद्धारकर्ताले मानिसको खोजी गरिरहेका छन् ।

काली र पेरेरालगायत सबैभन्दा बढी प्रभावित सहरमा आपत्कालीन टोलीले रातभर र मंगलबारसम्म काम खोजीको काम गरिरहेका छन् । सोमबार देशका नवनिर्वाचित राष्ट्रपति डे ला एस्प्रिएलाले राजधानी बोगोटाबाट २८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित कालीमा ३५ जनाको मृत्यु भएको जानकारी दिए ।

कालीमा दर्जनौँ भवन पूर्ण रूपमा ध्वस्त भएका वा खतरनाक रूपमा झुकिरहेका देखिन्थे । बारम्बार आइरहेको परकम्पबिच त्रासका कारण सहरका लगभग २२ लाख मानिसले रात सडकमै बिताएका थिए ।  

सोमबार रातिसम्म नागरिक–सञ्चालित वेबसाइटमा दुई हजार ७०० भन्दा बढी व्यक्ति बेपत्ता भएको रिपोर्ट गरिएको छ । तथापि, वास्तविक बेपत्ताको संख्या धेरै बढी हुन सक्ने आशंका गरिएको छ । मनिजालेस सहरमा एक ऐतिहासिक गिर्जाघर टावरसहित लगभग एक हजार ६०० भवन क्षतिग्रस्त वा नष्ट भएका छन् । 

शुक्रबार नै सत्ता सम्हालेका राष्ट्रपति डे ला एस्प्रिएलाले भग्नावशेषमा फसेका मानिसलाई उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले विपत्पछि देशमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।