कञ्चनपुरको दोधारा–चाँदनीमा विनाइजाजत बिरामीको उपचारदेखि औषधि बिक्री–वितरण गर्ने एक महिला पक्राउ गरेकी छिन् । प्रहरीले दोधारा–चाँदनी नगरपालिका– १, खैराडा टोलकी गीता सेटीलाई विनाइजाजत बिरामीको उपचारदेखि औषधि बिक्री–वितरण गरेको आरोप पक्राउ गरेको छ।
कञ्चनपुरका प्रहरी प्रवक्ता टेकबहादुर रावतले गैरकानुनी रूपमा घरमै गैरकानुनी रूपमा बिरामीको चेकजाँजदेखि उपचार, औषधि बिक्री–वितरण गरेको गनगुनासो आएपछि संयुक्त टोलीले ४० वर्षीया गीता सेटीको घरमा खानतलासी गरेर झन्डै एक लाख मूल्य पर्ने विभिन्न प्रकारका औषधिसमेत बरामद गरेको बताए ।
प्रहरी, जिल्ला र पालिका स्वास्थ्य कार्यालय, शाखाले संयुक्त रूपमा सेटीको घरमा छापा हानेको थियो। यसरी मानव स्वास्थ्यमा खेलवाड गर्दै आएकी सेटीविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ। केही वर्षअघि प्रहरीले दोधारा–चाँदनी, भीमदत्त नगरपालिकासहितका जिल्लाका विभिन्न स्थानबाट गैरकानुनी रूपमा उपचार, औषधि बिक्री–वितरण गर्नेमाथि पनि कारबाही चलाएको थियो ।