Skip This
इतिहासमा आज
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २७ बुधबार o९:२९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o९:२९:oo

सन् २०२२ : भारतीय मूलका ब्रिटिस लेखक सलमान रुस्दीमाथि न्युयोर्कको एक कार्यक्रममा मन्तव्य दिने क्रममा चक्कु प्रहार भयो । आक्रमणले उनको एउटा आँखा नै फुटेको थियो ।

सन् १८६५ : ब्रिटिस सर्जन जोसेफ लिस्टरले विश्वमै पहिलोपटक कीटनाशक रसायन (एन्टिसेप्टिक) प्रयोग गरेर शल्यक्रिया गरे । उनले शल्यक्रियाका उपकरणलाई संक्रमणमुक्त बनाउन कार्बोलिक एसिड (फिनोल)को प्रयोग गरेका थिए, जसले शल्यक्रियामा हुने उच्च मृत्युदरमा उलेख्य घटाइदियो ।

सन् १८९८ : अमेरिका र स्पेनले प्रोटोकल अफ पिसमा हस्ताक्षर गर्दै तीन महिना २२ दिन लामो युद्ध अन्त्य गरे । सम्झौताअनुरूप स्पेनले उसका उपनिवेश क्युबा, प्युट्रो रिको र गुआम निःशुल्क र फिलिपिन्स दुई करोड डलरमा अमेरिकालाई बुझाउनुपर्ने भयो । 

सन् १९०८ : फोर्ड मोटर कम्पनीले कार निर्माणमा क्रान्तिकारी परिवर्तन ल्याउने ‘मोडल टी’को पहिलो निर्माण सम्पन्न गर्‍यो ।

सन् १९५३ : सोभियत संघले कजाखस्तानमा हाइड्रोजन बमको सफल परीक्षण गर्‍यो । ‘जो–४’ उपनाम दिइएको बमको सफल परीक्षणसँगै संघ हाइड्रोजन बम हुने अमेरिकापछि दोस्रो मुलुक बन्यो ।

सन् १९६१ : पूर्वी जर्मनीले पश्चिम जर्मनीको शासन रहेको बर्लिनको हिस्सालाई आफ्नो भागको बर्लिनबाट छुट्याउने गरी काँडे तार लगाउन सुरु गर्‍यो ।