Skip This
सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एकजनाको मृत्यु  
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
२o८३ श्रावण २७ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एकजनाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार १o:१४:oo

बागलुङको काठेखोला गाउँपालिका– ३, धम्जा माझकटेरामा सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एकजनाको मृत्यु  भएको छ ।  जिल्लाको ढोरपाटन नगरपालिका– ७ का २५ वर्षीय अर्जुन घर्तीले सोही नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय  अशोक खत्रीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

धम्जामा रहेको निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा अस्थायी बसोबास गर्दै सोही क्षेत्रमा उनीहरू ज्याला–मजदुरी गर्दै आएका थिए । मंगलबार राति  झन्डै ९:४० को समयमा सँगै बसेर मादकपदार्थ सेवन गरेको बुझिएको र हत्या गर्नुको कारण भने नखुलेको डिएसपी त्वातीले जानकारी दिए । 

चक्कु प्रहार गर्ने अर्जुनलाई तत्कालै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपश्चात् धम्जा प्रहरी चौकी बिहु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले हत्यामा संलग्न भएका अर्जुन घर्तीलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ भने मृतकको शवलाई पोस्टमार्टमका निम्ति धौलागिरि अस्पताल बागलुङमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।