रास्वपा महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसदीय सुधार समिति बनाउन प्रस्ताव गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले भने, ‘हामी सबै सांसद अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमता अहिलेको संसदीय अभ्यासले सही दिशामा निकालेको छ त ?’
संसदीय सुधार समिति बनाएर २१औँ शताब्दीमा संसद्लाई धेरैभन्दा धेरै नयाँ, सिर्जनशील र उपयोगी दिशामा काम गर्नुपर्नेमा उनको जोड थियो।
‘एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर, एउटा संसदीय सुधार समिति बनाएर २१औँ शताब्दीमा संसद्लाई कसरी बढी इनोभेटिभ, क्रियटिभ र युटिलिटी बेस्ड बनाउने भन्ने दिशामा काम गर्न पर्छ जस्तो लाग्छ,’ उनले भने।