मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २१ बिहीबार
  • Friday, 07 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २१ बिहीबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्चले फेरि सुनुवाइ गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २१ बिहीबार १६:o१:oo

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्चले फेरि सुनुवाइ गर्ने भएको छ। सर्वाेच्चले बिहीबार यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति दिएको छ। 

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो।

यसअघि ४ वैशाखमा न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापा पक्षलाई आधिकारिता दिएको थियो। सो फैसला पुनरवलोकनको माग गरी पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरवलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।

त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले पुनरवलोकनका लागि अनुमति दिएको हो। सर्वाेच्चको आदेशसँगै अब यस मुद्दामा सुरुदेखि सुनुवाइ हुने भएको छ।