मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १९:१४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दल परिवर्तन गरेका दिक्तेल रूपाकोट मझुवागढीका वडाध्यक्ष पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १९:१४:oo

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४ का वडाध्यक्ष दिनेशकुमार राई पदमुक्त भएका छन्। नेकपा (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गरेका वडाध्यक्ष राईको पद स्वतः रिक्त भएको निर्वाचन आयोगले घोषणा गरेको हो।

आयोगले शुक्रबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम वडाध्यक्ष राईको पद रिक्त भएको जनाएको छ। एमाले केन्द्रीय सचिवालयले वडाध्यक्ष राईले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त निर्णय गरेको हो।

२०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दुईपटक वडाध्यक्ष निर्वाचित भएका राई असार ७ गते एमाले परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। दल परिवर्तन भएको पुष्टि भएपछि आयोगले कानुनी प्रावधानअनुसार वडाध्यक्ष राईको पद रिक्त गरेको स्पष्ट पारेको छ।

यसैबिच, खोटेहाङ गाउँपालिका– ४, बडकादियालेका वडासदस्य प्रदीप आचार्यको समेत पद रिक्त भएको आयोगले जानकारी दिएको छ। एमालेबाट निर्वाचित आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।