मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १९:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणीमा माछा मार्न जाँदा फसेका दुईजनाको उद्धार, एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १९:२१:oo

​माछा मार्न जाँदा नारायणी नदीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना नदीमा बगेर बेपत्ता भएका छन्।

​बिहीबार साँझ ५ बजेतिर नवलपुरको गैँडाकोट नगरपालिका–१, ब्रिटिस क्याम्पअगाडि नारायणी नदी पौडेर तर्ने क्रममा उक्त घटना भएको हो। तीनजनाको समूहमा रहेका उनीहरूमध्ये दुईजना नदीको बिचभागमा रहेको टापुमा अलपत्र परेका थिए भने एकजनालाई नदीले बगाएको थियो।

इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी सहायक निरीक्षक प्रदीप लम्सालको कमान्डमा चारजना र सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म भेडाबारीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमान्डमा १० जनाको टोली खटिएको थियो। सुरक्षाकर्मीको टोलीले नदीको बिचमा फसेका तनहुँ भानु– ५ घर भई गैँडाकोट– १ बस्ने २९ वर्षीय सुदीप दर्लामीमगर र चितवन भरतपुर– १० का ४९ वर्षीय राजकुमार विकलाई सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

​नदीमा बगेर बेपत्ता भएका चितवन भरतपुर– २ का ४७ वर्षीय हरिनारायण श्रेष्ठको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।