मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
गणेश लम्साल विराटनगर
२o८३ श्रावण १५ शुक्रबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कप्तानगञ्ज घटना : मृतकका आफन्तले शव बुझे

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १७:४८:oo

सुनसरीको कप्तानगञ्ज घटनामा ज्यान गुमाएकाहरुका आफन्तले दाहसंस्कारका लागि अस्पतालबाट शव बुझेका छन्। विराटनगरस्थित न्युरो अस्पताल प्रशासनले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकहरुको शव उनीहरुका आफन्तलाई जिम्मा लगाएको हो।

बिहीबार राती गृहमन्त्री सुदन गुरुङसँग भएको साातबुँदे सहमतीपछि मृतक २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको शव शुक्रबार अपराह्न आफन्तले बुझेका हुन्। शव कोशी अस्पतालमा पोष्टमार्टमका लागि लगिने र त्यसपछि विराटनगरमै शोक यात्रा गरेर दाहसंस्कारका लागि कप्तानगञ्ज लगिने आफन्तले बताएका छन्।

१० साउनको राति देवानगञ्ज–३ कप्तानगञ्ज नयाँहाट बजारमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमती भएको छ।

बिहीबार देवानगन्ज गाउँपालिकाले पनि मृतक परिवारलाई जनही १० लाख र घाइतेहरुलाई अवस्था हेरेर ५० हजारदेखि २ लाखसम्म क्षतिपूर्ति दिने निर्णय गरेको थियो।