मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार o९:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘न्यून अंक’मा बोलपत्र पेस नगर्न अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार o९:४८:oo

नेपाल निर्माण व्यवसायी महासंघले अहिलेको विषम परिस्थितिमा उपयुक्त दररेटमा मात्र बोलपत्र पेस गर्न आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ । सरकारले मूल्यवृद्धिलाई समायोजना नगरी आयोजनाको लागत पुरानै जिल्ला दररेटमा इस्टिमेट गरेको भन्दै महासंघले यो परिस्थितिमा न्यून अंकमा बोलपत्र पेस नगर्न भन्दै निर्माण व्यवसायीलाई आह्वान गरेको हो । 

महासंघका महासचिव शिवहरि घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै आर्थिक जोखिम विश्लेषणसहित अन्य कानुनी तथा प्राविधिक जटिलतालाई दृष्टिगत गरी बोलपत्रमा सहभागी हुन अनुरोध गरेका हुन् ।

‘हाल आह्वान भएका ठेक्काहरूमा समेत पुरानै जिल्ला दररेटमा इस्टिमेट भएको, निर्माण सामग्री पनि सहज रूपमा उपलब्ध नभएको स्थितिमा न्यून अंकमा बोलपत्र पेस गर्दा भविष्यमा विभिन्न प्रकारका जोखिम आउन सक्छ,’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘परियोजनाको स्थलगत भ्रमणपश्चात् बोलपत्र कागजात अध्ययन गरी समयमै गुणस्तरीय निर्माणकार्य सम्पन्न गर्न आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने दररेटमा बोलपत्र पेस गर्न अनुरोध छ ।’