दुई संस्करण लगातार चितवन राइनोजबाट खेलेका पाकिस्तानी स्टार पूर्वखेलाडी सोहेल तनबिर टिमको प्रशिक्षक नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीले तनबिरलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो।
पहिलो संस्करणमा ८ खेलमा १४ तथा दोस्रो संस्करणमा ५ खेलमा ८ विकेट लिएका तनबिर अब तेस्रो संस्करणमा भने फरक भूमिकामा देखिने भएका छन्।