नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीसँग प्रधानमन्त्रीले लिए छुट्टाछुट्टै ब्रिफिङ
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ।
सरकार र चिकित्सक संघबिच पाँचबुँदे सहमति, आन्दोलन स्थगित
स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबिच पाँचबुँदे सहमति भएको छ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
रास्वपाले मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको काम प्रभावकारी बनाउन मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्ने भएको छ । हरेक महिनामा कम्तीमा एक मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर केन्द्रीय सदस्यहरूको उपस्थितीमा बहुआयामिक छलफल गर्न लागेको हो ।
बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णय सार्वजनिक गरिएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरूबारे जानकारी दिएका हुन्।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मतले अनुमोदन
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
आज बसेको समिति बैठकले कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
लुम्बिनीमा मन्त्रालय संख्या घटाइयो, मुख्यमन्त्री कार्यालयसहित ९ वटा मात्रै
लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार ९कार्य विभाजन० नियमावली, २०८३ स्वीकृत गरेको हो।
यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय कायम हुने गरी नियमावली स्वीकृत गरिएको हो। बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताए।
अख्तियारद्वारा सडक डिभिजन भक्तपुरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार चौधरीले ०६५ सालदेखि ०८२ सालसम्मको अवधिमा स्रोत नखुलेको दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ।
राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट, समसामयिक राजनीतिक विषयमा छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सभापति लामिछाने बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा सुनसरी घटनाबारे छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा पनि राष्ट्रपति पौडेललाई अवगत गराएको बताइएको छ।
बैंकिङ कसुरमा रश्मी पन्तसहित चार पक्राउ
बैंकिङ कसुर मुद्दामा प्रहरीले प्रभु बैंककी पूर्वकर्मचारी रश्मी पन्तसहित चार जनालाई पक्राउ गरेको हो । पन्तसहित गुल्मीमा सन्तोष ज्ञवाली, राजेन्द्र श्रेष्ठ र रुपन्देहीका शिशिर पौडेललाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। उनीहरुलाई थुनामा राख्न उच्च अदालतबाट म्याद लिई अनुसन्धान अघि बढेको एसएसपी अनुपम शमशेर जबराले बताए।
एक अर्ब ८९ करोड ६५ लाखभन्दा बढीको हुन्डी कारोबार आरोपमा एकजना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले करिब एक अर्ब ८९ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकमको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको जनाएको छ।
सिआइबीका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङको साबिक सत्यदेवी– ८ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका– ८, राधाकृष्ण मन्दिर क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख रुपैयाँबराबरको हुन्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।