बैंकिङ कसुर मुद्दामा प्रहरीले प्रभु बैंककी पूर्वकर्मचारी रश्मि पन्तसहित चारजनालाई पक्राउ गरेको हो। पन्तसहित गुल्मीमा सन्तोष ज्ञवाली, राजेन्द्र श्रेष्ठ र रुपन्देहीका शिशिर पौडेललाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। उनीहरूलाई थुनामा राख्न उच्च अदालतबाट म्याद लिई अनुसन्धान अघि बढेको एसएसपी अनुपमशमशेर जबराले बताए।
