छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पोखराको एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाट रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।
पक्राउ परेका रानाभाटले बालिकालाई यौन प्रस्ताव राखेको आरोप छ। बालिकालाई यौन प्रस्ताव राखेको उजुरीपछि प्रहरीले रानाभाटलाई शुक्रबार पक्राउ गरेको हो।
हाल प्रहरी हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। रानाभाट साउन ०७१ देखि विद्यालयमा प्रधानाध्याकपको रूपमा कार्यरत छन्।