एमालेको मत सर्वेक्षण– ८७.६ प्रतिशत सहभागी नेतृत्व परिवर्तनको पक्षमा

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)को रूपान्तरण र पुनर्संरचनाका लागि ‘पुनर्जागरण अभियान २०८२’ले मत सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनले एमालेको नेतृत्व र कार्यशैलीप्रतिको असन्तुष्टिलाई देखाएको छ।

सर्वेक्षणमा सहभागीमध्ये झन्डै ८७.६ प्रतिशतले एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्। १०.५ प्रतिशतले हालकै नेतृत्व ठिक रहेको प्रतिक्रिया दिँदा १.९ प्रतिशत सहभागी तटस्थ बसे।

वर्तमान पार्टी नेतृत्वको व्यवहार र आचरणबारे सोधिएको प्रश्नमा ९५.४ प्रतिशत सहभागी नेतृत्व सुध्रिनुपर्छ भन्ने पक्षमा देखिए। ९१.४ प्रतिशतले एमाले रूपान्तरण हुनुपर्ने धारणा राख्दा ७.४  प्रतिशत मात्रै हालकै अवस्थामा अघि बढ्न सकिने बुझाइमा देखिए।

नेतृत्व हस्तान्तरण कुन तहका नेतालाई गर्नु उपयुक्त होला भन्ने प्रश्नमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रै गर्नुपर्ने बताए। २६.४ प्रतिशतले केन्द्रीय कमिटीबाहिर नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत दिँदा १६.७ प्रतिशतले पदाधिकारीभित्र गर्नुपर्ने मत जाहेर गरे।

सर्वेक्षणमा ७२.२ प्रतिशत एमालेका संगठित सदस्य तथा १५.९ प्रतिशत एमालेका समर्थक र शुभेच्छुक सहभागी थिए। १० प्रतिशत सहभागी स्वतन्त्र नागरिक रहेका एमालेले जनाएको छ।

हेर्नुस् सर्वेक्षणकाे परिणाम :

सुझावित समाचार