राष्ट्रिय स्वतन्त्र पार्टीले लेबी नतिर्ने प्रतिनिधिहरूलाई महाधिवेशनमा प्रवेश नदिने भएको छ। पुरानो पदअनुसारको लेबी नतिर्नेहरूलाई अधिवेशनमा प्रवेश गर्न नदिने निर्णय भएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘चितवनमा हुने पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी तिरेको हुनुपर्नेछ। लेबी नतिरेको सदस्यहरूलाई अधिवेशनमा प्रवेशमा रोक लगाइनेछ,’ उनले भने।