औषधि व्यवस्था विभागले तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ। विभागले आज सूचना जारी गर्दै औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार निर्धारित समयभित्र नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः रद्द हुने व्यवस्था कार्यान्वयन गरिएको जनाएको हो।
विभागका अनुसार ०८३ जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः रद्द भएको छ। रद्द भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरिएको छ ।
औषधि ऐनको दफा ११ को उपदफा (५) मा तोकिएको समयभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः रद्द हुने तथा त्यसको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा सरोकारवालालाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै, औषधि बिक्री–वितरणको कार्य सञ्चालन गर्दा प्रचलित कानुन तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। विभागले ०८३ जेठ २८ सम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूचीसमेत सार्वजनिक गरेको छ।
प्रमाणपत्र रद्द भएका फार्मेसीहरू :