बाढीले बगाउँदा दुई महिलाको मृत्यु

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

कैलालीको गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।

गोदावरी नगरपालिका– ३ स्थित गोदावरी नदीमा आएको बाढीले बगाएका दुवै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए। धमलाको शव गोदावरी नदीस्थित आर्यघाटनजिक र साउदको शव वनदेवी मन्दिरनजिक फेला परेको उनले जानकारी दिए।

दुवै महिला शुक्रबार बिहान करिब ६ बजेतिर जंगलमा च्याउ टिप्न भनेर घरबाट निस्किएका बुझिएको प्रहरीले जनाएको छ । गोदावरीस्थित शिव मन्दिरका पुजारीले महिलाजस्ता देखिने दुईजनालाई बाढीले बगाएको आफूले देखेको जानकारी प्रहरीलाई गराएका थिए । 
 

See More On

सुझावित समाचार