सेयर बजारलाई प्रभावित हुने गरी सेयर कारोबार गरेको आरोपमा बिचौलिया दीपकभट्टसहित ८१ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो। धितोपत्रसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर भएको हो।
हिमालयन रिइन्स्योरेन्स तथा शंकर ग्रुपसँग आबद्ध विभिन्न कम्पनीका सञ्चालक तथा उच्च पदाधिकारीविरुद्ध मुद्दा दायर भएको हो। यसमा व्यवसायी शेखर गोल्छा, राजबहादुर शाह, साहिल अग्रवाल, सुलभ अग्रवाल, निकोलस पाण्डेलगायत व्यवसायी पनि प्रतिवादी छ्न्।
कृत्रिम र झुठा कारोबार गरी धितोपत्रसम्बन्धी कानुनविपरीतको कसुर गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
भट्टको समूहविरुद्ध बिहीबार नै विशेष अदालतमा सम्पत्ति शुद्धीकरण तथा उच्च अदालतमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ।
धितोपत्रसम्बन्धी कसुरको अभियोगपत्र र आरोपी: