नेपाल क्रिकेट संघ (क्यान)ले भारतको अलइन्डिया गोल्डकप खेल्ने ‘ए’ टोली घोषणा गरेको छ। क्यानले अनिल साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा साहसँगै ललित राजवंशी, देव खनाल, अर्जुन कुमाल, मयन यादव, तृतराज दास, रासिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री र विपिन खत्री समावेश छन्।
मे ३० मा केरलासँग पहिलो खेल खेल्ने नेपाल ‘ए’ले मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछन्। प्रतियोगिताको क्वार्टरफाइनल जुन ४, सेमिफाइनल जुन ६ र फाइनल जुन ७ मा हुनेछ।