सुन्धारास्थित केन्द्रीय कारागारबाट दुई दिनअघि फरार एक कैदी अझै फेला पर्न सकेको छैन।
शरीर बन्धक र ज्यान मार्ने उद्योगमा कैद सजाय भुक्तान गरिरहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान साढे १ बजे फरार भएकी थिइन्। तामाङ केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा थिइन्। उनी बन्दीगृहस्थित महिला ब्लकको पर्खाल नाघेर फरार भएकी थिइन्।
तामाङको खोजी कार्य भइरहेको केन्द्रीय कारागार सुन्धाराका जेलर कृष्ण चापागाईंले बताए। उनले भने, ‘शुक्रबार बिहान करिब साढे १ बजे कारागारबाट एक महिला कैदी भागेकी छिन्। उनको खोजी कार्य भइरहेको छ।’
फरार कैदीको स्थायी घर नुवाकोट हो।