निर्माण व्यवसायी महासंघ आन्दोलनमा

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार तयार नभएको आरोप लगाउँदै निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरू बिहीबारदेखि आन्दोलनमा होमिएका छन् । व्यवसायीहरूले बिहीबार सरकारी निकायमा ज्ञापनपत्र बुझाउनुका साथै धर्नासमेत दिएका हुन् ।

बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाई आधा घण्टा धर्ना दिएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए । 

सुझावित समाचार