अमृत झाको रिहाइ प्रक्रिया जारी छ : परराष्ट्र मन्त्रालय

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको प्रक्रिया जारी रहेको बताएको छ।

शुक्रबारको नियमित प्रेस मिटमा मन्त्रालयले इरानको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी रहेको जनाएको हो। इरानको परराष्ट्र मन्त्रालय र झाको परिवारसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

‘इरानको बन्दरअब्बासमा राखिएका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको छ। इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी नै रहेकाले केही समय लाग्न सक्ने देखिएको छ,’ परराष्ट्रले भनेको छ।
 

See More On

सुझावित समाचार