०८३/८४ को बजेट तर्जुमाअगावै पूर्वबजेट छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्रीले आफ्ना सांसदहरूसँग छलफल गर्ने भएका छन् । बुधबार अपराह्न ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुन लागेको छ ।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको सहभागिता रहनेछ ।