महिला च्यालेन्ज ट्रफी : अमेरिकासँग नेपालको लज्जास्पद हार

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण
महिला च्यालेन्ज ट्रफी : अमेरिकासँग नेपालको लज्जास्पद हार

तस्बिर : क्यान

आइसिसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा अमेरिकाविरुद्ध नेपालले लज्जास्पद हार व्यहोरेको छ। रुवान्डामा संघर्षपूर्ण ब्याटिङ गरेको नेपाल सात विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रनको योगफल बनाएको थियो। विकेटकिपर रुबी पोद्दारले अर्धशतकीय पाली खेल्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। ५१ बलमा नटआउट ५१ रनको योगदान गरेकी पोद्दारले पाँच चौका र एक छक्का प्रहार गरिन्।

ओपनर सम्झना खड्का पहिलो बलमै पेभेलियन फर्किइन्। पूजा महतो, कप्तान इन्दु बर्मा र कविता कुँवरले समान आठ रन बनाउँदा बिन्दु रावल र रोमा थापा (नटआउट)ले तीन तथा कविता जोशीले मात्र एक रन जोडे।

अमेरिकाकी ऋतु सिंह र माही माधवनले समान दुई तथा अदितिबा सुदासमा र सैनावी कामबलापल्लीले एक–एक विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको अमेरिकाले ११.५ ओभरमै मात्र तीन विकेट गुमाएर ८९ रन जोड्यो।

यसअघि भानुआटुसँग २२ रनले पराजित भएको नेपालले इटाली र रुवान्डालाई हराएको थियो। 

सुझावित समाचार