कांग्रेस संसदीय दलको नेता : निर्वाचन कार्यक्रम रोकेर सर्वसम्मतिको प्रयास

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तोकेको निर्वाचन कार्यक्रम स्थगित गरेको छ।

कांग्रेस निर्वाचन समितिले पार्टीसँगको परामर्शमा आजका लागि निर्वाचनका कार्यक्रम स्थगित गरेको हो। कांग्रेसले यसअघि आज (शुक्रबार) दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

सर्वसम्मतिबाट दलको नेता चयन गर्न निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। सर्वसहमतिमा नेता चयन गर्न कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको छ।

‘उक्त समितिसँगको समन्वयपश्चात् निर्वाचन कार्यक्रम गर्नुपर्ने भएकाले आज हुने भनिएको संसदीय दलको नेता पदको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

निर्वाचन कार्यतालिकासहितको अर्को सूचना यथाशीघ्र प्रकाशित हुने निर्वाचन समितिले जनाएको छ।

सुझावित समाचार