नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
खड्काले आफू कार्यवाहक सभापति भएको भन्दै दोस्रोपटक विज्ञप्ति जारी गरेपछि बैठकले सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्काले आफू कार्यवाहक सभापति भन्दै समानान्तर गतिविधि गर्दै आएका छन् ।
