मतदान केन्द्रमै प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको निर्देशन

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुने भएकाले कर्मचारी, सुरक्षाकर्मी तथा अपांग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भइसकेको आयोगले जनाएको छ।

सुझावित समाचार