निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा शनिबार सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिए 

 नेपालको गौरवमय गाथा, परम्परा, संस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउनसमेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सुझावित समाचार