आयोगले स्पष्टीकरण सोधेका २१ मध्ये १२ ले दिए जवाफ

आइतबार, १८ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये १२ राजनीतिक दल तथा उम्मेदवारले जवाफ दिएका छन्। आयोगले आचारसंहिता उल्लंघनको उजुरी परेका २१ दल तथा उम्मेदवारसँग जवाफ मागेको थियो।

साताभर गरेका कामको जानकारी दिँदै आयोगले भनेको छ, ‘केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा १२ वटाको जवाफ प्राप्त भएको छ। समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनको क्रममा रहेका छन्।’

सुझावित समाचार