उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तय भएको छ। पार्टीका केन्द्रीय सदस्य कुमारराज सुवेदीका अनुसार घिसिङले मंगलबार काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गर्ने तय भएको छ।
सो क्षेत्रमा रास्वपाले राजु पाण्डेलाई टिकट दिएको छ। यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए।