उज्यालो नेपाल पार्टीले विभिन्न राजनीतिक दलहरूसँगको एकताको बारेमा संवाद गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको बैठकले पार्टीको निर्णयहरू सबैको सहअस्तित्वलाई स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैब एकताको पक्षमा रहेको र आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
उज्यालो नेपाल पार्टीको संरक्षकका रूपमा ऊर्जामन्त्री कुलमान घिसिङ रहेका छन् भने पार्टी अध्यक्ष अनुप उपाध्याय हुन् ।