फागुन २१ मै निर्वाचन नभए सरकारको औचित्य रहँदैन : वर्षमान पुन

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार बनेको भन्दै मिति सार्ने तर्कको औचित्य नभएको बताए।

‘फागुन २१ मै निर्वाचन गर्नुपर्छ, चुनाव सर्नुको अर्थ संविधान अझ मिचिनु हो,’ पुनले भने, ‘तोकिएको मितिमा निर्वाचन नभए यो सरकारको औचित्य रहँदैन।’

सुझावित समाचार