मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
Invalid date format १७:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लहान मुटु अस्पताल : न्यून शुल्कमा गुणस्तरीय सेवा थालनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

सिराहाको लहान नगरपालिका ४, यज्ञभूमिमा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशालासहित शय्या सञ्चालन गरेको छ । 

गत भदौको पहिलो सातादेखि आधुनिक प्रयोगशाला सेवासहित बहिरंग उपचार सेवा सञ्चालन गरिरहेको अस्पतालले शुक्रबारदेखि विधिवत् रूपमा पाँच शय्यासहितको उपचार सेवा थालेको अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहले जानकारी दिए। उनका अनुसार मुटु तथा मधुमेहका बिरामीलाई पहिलो प्राथमिकता दिइने भए पनि अन्य खालका बिरामीलाई पनि भर्ना गरेर उपचार गर्ने गरी २५ शय्यासम्म पुर्‍याइनेछ।

‘अस्पतालले मुटु, मधुमेहसहित अन्य बिरामीहरूका न्यूनतम शुल्कमा विभिन्न खालका बिरामीहरूको परीक्षण र उपचार गरिरहेका छौँ,’ उनले भने। उनका अनुसार अस्पतालले नजिकिँदो चाडपर्वलाई लक्षित गरी इकोसहित दुई हजार नौ सय र तीन हजार नौ सय रुपैयाँमा सामान्य र विशेष होलबडी प्याकेज सेवा थालेको छ ।

अस्पतालको न्यून शुल्क र गुणस्तरीय सेवाले गरिब, विपन्न र उपचारका लागि बाहिर लैजान नसक्नेहरूलाई ठुलो राहत भएको उनले बताए। उनका अनुसार मुटुसम्बन्धी अन्य अस्पतालले एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा गर्ने ‘इको’ परीक्षण केवल एक हजार रुपैयाँमै गरिरहेको छ। अस्पतालले आगामी केही महिनाभित्र आइसियू र सिटी स्क्यान सेवा बिस्तार गर्ने योजना रहेको उनले सुनाए। 

अस्पतालमा जाँच र उपचार सेवाका लागि दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालकी वित्त तथा प्रशासन प्रमुख रिना चौधरीले बताइन्। ‘अस्पतालले मुनाफा नहेरी न्यून शुल्कमा मानव सेवाका लागि काम गरिरहेको छ,’ उनले भनिन्। 

सुविधासम्पन्न अस्पताल बन्दै

नेपाल हृदय रोग निवारण संघमातहत मुटु तथा मधुमेहको आधुनिक जाँच र गुणस्तरीय उपचारका लागि आगामी पाँच वर्षभित्र दुई सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउने गरी काम गरिरहेको छ। संघले जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको करिब दुई अर्ब रुपैयाँ आर्थिक सहयोगमा अस्पताल निर्माण प्रक्रिया थालिएको हो।

नगरपालिकाले उपलब्ध गराएको जग्गाको दक्षिण पश्चिम कुनामा दुईवटा ट्रस भवनबाट ‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा सेवा दिइरहेको अस्पतालले स्थानीयहरूलाई धरान, विराटनगर वा काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्त गरेको उनले बताइन्। नगरपालिकाले उपलब्ध गराएको जग्गामा सेन्टरले दुईवटा ट्रस भवन मर्मत गरी गत ४ माघदेखि मुटु तथा मधुमेहको ओपिडी सेवा सञ्चालन थालेको थियो। 

जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत संघका अध्यक्ष डा. बालकृष्ण ओग्र्यान लहानका बासिन्दा हुन्। उनकै विशेष पहलमा ‘नेपाल मेड ई भी’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब रु. दुई अर्बबराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो।