मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन्।  

छलफलपछि  २४सै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसैगरी, बाढीपहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन्।

छलफलपछि मन्त्री घिसिङले २४सै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए। त्यसैगरी बाढीपहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन्।

बैठकबाट भएका निर्णयहरू:

निर्णय नं. १ नागढुंगा-सिस्नेरी- सुरुङमार्ग सम्बन्धमाः काठमाडाैं उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये यात्रुबाहक सार्वजनिक सवारीसाधनहरू सो सुरुङमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित सवारीसाधनहरू प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने।

निर्णय नं. २ सुरक्षा व्यवस्थापन सम्बन्धमाः काठमाडाैं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरूमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने।

निर्णय नं. ३ मालवाहक ठुला सवारीसाधनहरू सञ्‍चालन सम्बन्धमाः राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुबाहक सवारीसाधनहरूको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुने गरी ठुला भारबाहन सवारीसाधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्‍चालन नगर्न, नगराउन अनुरोध गर्ने तथा खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारीसाधनहरूलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने, गराउने।

निर्णय नं. ४ सडक स्तरोन्नति तथा सुधार सम्बन्धमाः मुलुकभरिका मुख्य सडकहरूलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न, गराउन, पहिरोजन्य विपदहरूको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी (Two Lane) यातायात सञ्चालन गर्न, नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न, गराउन सडक विभागलाई निर्देशन दिने। 

निर्णय नं. ५ आमनागरिकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने।

निर्णय नं. ६ कार्यविधि / निर्देशिका सम्बन्धमाः सार्वजानिक सवारीसाधनलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि / निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्न निर्देशन दिने।

निर्णय नं. ७ कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरिका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न, गराउन २४सै घण्टा नै सञ्‍चालन हुने गरी फोकल पर्सनसमेतको व्यवस्थापन गर्न, गराउन सडक विभागलाई निर्देशन दिने।