Skip This
प्रेरक प्रसंग : कठोर परिश्रमको परिणाम
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : कठोर परिश्रमको परिणाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o३:oo

युनेज स्यान्डो नामका एक किशोर अत्यन्त कमजोर, दुब्ला र रोगी थिए । आफ्ना खराब बानीका कारण उनले बाल्यावस्थामै आफ्नो स्वास्थ्य गम्भीर रूपमा बिगारिसकेका थिए । एक दिन उनी आफ्ना पिताका साथमा कला संग्रहालय हेर्न गएका थिए । संग्रहालयको ग्यालरीमा प्राचीनकालका बलिष्ठ पुरुषहरूका मूर्ति प्रदर्शनीमा राखिएका थिए । उनले रुचिपूर्वक ती मूर्ति अवलोकन गरे । उनलाई कुनै मानिसका पाखुरा यति बलिष्ठ पनि हुन सक्छन् भन्नेमा विश्वास नै भएन । उनले यस संसारमा कुनै मानिस यति बलवान् हुन सक्छ भन्ने सपनामा पनि सोचेका थिएनन् । उनी यी मूर्ति देखेर निकै प्रभावित भए । 

स्यान्डोले आफ्ना पितासित सोधे– बाबा, के यी प्रतिमा काल्पनिक हुन् ? के मानिसको यस्तो अद्भूत स्वास्थ्य सम्भव छ ? छोराको प्रश्न सुनेपछि उनका पिताले आत्मविश्वाससाथ जवाफ दिए– बाबु, यी सबै मूर्ति यथार्थ हुन्, कुनै कल्पना होइनन् । मानिसको यस्तो स्वास्थ्य, यस्तो सुगठित शरीर र मांसल हातपाखुरा सम्भव छ । नियमित व्यायाम गर्‍यौ, प्रशस्त परिश्रम गर्‍यौ र खानपिनमा ध्यान दिन सक्यौ भने तिमीले पनि यस्तै स्वास्थ्य प्राप्त गर्न सक्छौ । तिम्रो पनि यस्तै सुगठित शरीर सम्भव छ ।

पिताको जवाफ सुनेपछि स्यान्डो गम्भीर बने । पिताको भनाइ उनको मनमा गढेर बस्यो । त्यसपछिका दिनमा उनी आफ्नो खानपानमा विशेष सचेत हुन थाले । साथै, उनले नियमपूर्वक शारीरिक व्यायाम र कठोर परिश्रम सुरु गरे । परिणामत: उनी एक ख्यातिप्राप्त बलवान्का रूपमा विख्यात भए । उनले शारीरिक व्यायामका अनेक नियम र विधि पत्ता लगाए । आजका दिनमा पनि उनका यी शारीरिक व्यायामका विधिलाई ‘स्यान्डो कला’का नामले चिनिन्छ । आखिर आत्मविश्वास र लगन भयो भने यो संसारमा असम्भव भन्ने के नै छ र ?